दफा १४९
प्राकृतिक सम्पदामाथि अतिक्रमण गर्न नहुने

(१) कसैले कानून बमोजिम बाहेक प्राकृतिक सम्पदामाथि कुनै किसिमले अतिक्रमण वा कब्जा गर्न वा त्यस्तो सम्पदाबिक्री वितरण गर्न वा त्यसको प्राकृतिक बनावट वा सौन्दर्यमा कुनै किसिमले हानि, नोक्सानी वा क्षति पुर्याउनहुँदैन।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “प्राकृतिक सम्पदा” भन्नाले देहायका सम्पदालाई सम्झनुपर्छः–
(क) प्राकृतिक वातावरण, वनस्पति र वन्यजन्तुको संरक्षणका लागि नेपाल सरकारले तोकेको राष्ट्रिय निकुञ्ज,वन्यजन्तु वा शिकार आरक्ष,
(ख) नेपाल सरकारले तोकेको संरक्षण क्षेत्र, नदी, नाला, खोला, ताल तलैया, सीमसार क्षेत्र वा प्राकृतिकझरना, हिमशिखर वा त्यसको कुनै अंश, उच्च पहाडी चुचुरो,
(ग) प्रचलित कानून वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले संरक्षण गरेको वन्यजन्तु, वनस्पति वाभू–बनौट,
(घ) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले संरक्षण गरेका वन्यजन्तुको वासस्थान, पर्यावरणीय पद्धतिवा बिक्री वितरण, निकासी वा पैठारीमा निषेध गरेका जडिबुटी ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र विगो खुलेकोमा बिगो बमोजिम र बिगोनखुलेकोमा दशलाख रुपैयाँंसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।